राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवाको सभापतिमा पुनः दिप नारायण श्रेष्ठ
शान्तिबजार । राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवा गाउँपालिकाको प्रथम भेलाबाट सभापतिमा पुनः दिप नारायण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटल नेपसेन्ट्रिकमा सम्पन्न भएको कार्यक्रममा सचिवमा बुद्धिराम थारु, सह सचिवमा कमल न्यौपाने, सदस्यहरुमा राजेश कुमार साउँद, महिला सदस्यमा तुल्सी सोडारी, दलित सदस्यमा जगत परियार, महिला सदस्यमा चन्द्रा जैशी, कृपा बुढा, सदस्यमा दिपक पाण्डे र चालुराम चौधरी रहनुभएको छ । उप सभापति भने चयन गर्न बाँकी राखिएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यवाहक सभापति शान्ता बुढा रहनुभएको थियो । यस्तै संगठन विभाग सदस्य हुकुम बहादुर चलाउने, क्षेत्रिय सभापति झलक केसी, क्षेत्रिय सदस्य डिल्ली प्रसाद शर्मा, राजापुर नगर सभापति इम बहादुर केसी, राजापुर संगठन विभाग प्रमुख टेकनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।
लोक बहादुर कडायतले स्वागत मनतव्य राख्नुभएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पुराना दलले जनअपेक्षा पुरा गर्न नसकेका कारण रास्वपाको उदय भएको बताएका थिए ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस