विद्युतीय तारमा पटकपटक आगो बल्ने समस्या, समाधानका लागि पहल
बिहानीबजार । गेरूवा गाउँपालिका–१ बिहानीबजारस्थित ललिता थारूको घर नजिक रहेको विद्युतीय तारमा पटकपटक आगो बल्ने समस्या देखिएपछि गेरूवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले स्थलगत अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा घरसँगै सटिएको विद्युतीय तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन्। समस्या समाधानका लागि राजापुर विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यक पहल गरिने प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिनुभयो।
हाल घरको छेउबाट गएको विद्युतीय तारलाई सडक किनारमा रहेको विद्युत पोलतर्फ स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन। विद्युत समस्याका कारण स्थानीयको विद्युतिय उपकरणमा पटकपटक क्षति हुने गरेको छ ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस