गेरूवा उद्योग वाणिज्य संघको अध्यक्षमा नर बहादुर रावत सर्वसम्मत निर्वाचित

गेरुवा अपडेट
५ जेठ २०८३, मंगलबार
गेरुवा । बर्दियाको गेरूवा गाउँपालिका–३ शान्तिबजारमा मंगलबार सम्पन्न गेरूवा उद्योग वाणिज्य संघको अधिवेशनबाट नर बहादुर रावत सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। स्थानीय व्यवसायी, उद्योगी तथा सरोकारवालाको उल्लेखनीय सहभागितामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संघलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मञ्जु शर्मा, उपाध्यक्षमा कविराज पौडेल, महासचिवमा तिलक राज थारू, सचिवमा निर्मला शाही तथा कोषाध्यक्षमा तारा कडायत सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा पिन्की कडायत, रूपनी चौधरी, लक्ष्मण प्रसाद वैश्य, मुकुन्द भण्डारी र बिजया रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ।
अध्यक्षमा निर्वाचित भएपछि बोल्दै नर बहादुर रावतले गेरूवा क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण गर्दै व्यवसायिक वातावरण सुधार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापारिक एकता मजबुत बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभयो ।
उहाँले संघलाई सबै व्यवसायीहरूको साझा संस्था बनाउँदै स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै स्थानीय उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा संघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
अधिवेशन सम्पन्न भएसँगै गेरूवा क्षेत्रका व्यवसायीहरूमा नयाँ नेतृत्वप्रति उत्साह देखिएको छ। नव निर्वाचित कार्यसमितिले व्यवसायीहरूको समस्या समाधान, बजार व्यवस्थापन तथा उद्यमशीलता विकासका क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिएको छ।