मेलिना राई र गोपाल नेपाल जिएमको आवाजमा रहेको मायाको डोरी बोलको गीत बजारमा (भिडियो सहित)

गेरुवा अपडेट
७ चैत २०८२, शनिबार

गेरुवा । युवा कलाकार नरेश एमसीको मायाको डोरी बोलको गीत बजारमा आएको छ । मेलिना राई र गोपाल नेपाल जिएमको आवाजमा रहेको यो गीत नरेश एमसीको आधिकारीक युटुव च्यानलबाट शनिवार बजारमा आएको हो ।

गीतमा दिपिका कार्की र नरेश एमसी स्वयमले अभिनय गरेका छन् । बर्दियाको प्रमुख पर्यटकीय क्षेत्र ओखरीया इन्टेकसँगै अन्य रमणीय क्षेत्रमा छायाङ्कन गरिएको यो गीत मुकेश नेपालीको निर्देशनमा तयार पारिएको हो ।

लाहुरे मत सोल्टीनी, फौजिको बर्दिमा, खाउली पेन्सन लगायतका थुप्रै गीतबाट चर्चामा रहेका कलाकार एमसीले यो गीतले दर्शकहरुको माया पाउने आशा गरेका छन । गीत हेर्न तल क्लिक गर्नुहाेला…