विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सचेतना मुलक सडक नाटक प्रदर्शन

गेरुवा अपडेट
५ चैत २०८२, बिहिवार

बिशाल बस्नेत, गुलरिया । बर्दियामा विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । गुलरिया नगरपालिका ४ मा रहेको कोटही माध्यमिक विद्यालयमा विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा सचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको हाे ।

प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवश मनाउने गरिन्छ । यस वर्ष   ‘हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान  मूल नाराको साथमा विश्व क्षयरोग दिवश’ मनाउने तयारी गरिएको छ ।

विश्व क्षयरोग दिवशको पूर्व संन्ध्यामा सडक नाटक देखाएर विद्यालयमा जनचेतना जनाउने उदेश्यले कार्यक्रम गरिएको बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विश्व क्षयरोग दिवशमा पारेर विद्यालय शिक्षा कार्यालय, समुदाय स्तरमा क्षयरोगको खोजपडताल गर्ने कार्यक्रम रहेको छ ।’