कार्यसम्पादन मुल्याङ्कनमा राजापुर पहिलो
गेरुवा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमा राजापुर नगरपालिकाले बर्दियामा पहिलो स्थान हाँसिल गरेको छ ।

बर्दियाका आठ ओटा स्थानीय तह मध्ये राजापुर नगरपालिकाले सर्वोत्कृष्ट अंक प्राप्त गरि पहिलो बन्न सफल भएको हो । नगरपालिकाले एक सय पूर्णाङ्कमा ७४.२३ अंक प्राप्त गरेको छ । गुलरिया नगरपालिकाले ७२.७९ अंक प्राप्त गरि दोस्रो भएको छ । बाँसगसढी नगरपालिकाले ७१.१४ प्राप्त गरि तेस्रो भएको छ । त्यसैगरी चौथो, पाँचौँ, छैठौँ, सातौँ र आठौँमा क्रमश ठाकुरबाबा नगरपालिका ६२.९५, मधुवन नगरपालिका ६१.६५, बढैयाताल गाउँपालिका ६१.५०, बारबर्दिया नगरपालिका ५०.८९ र गेरुवा गाउँपालिका ४३.३९ अंक प्राप्त गरेका छन् ।

आयोगले स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, पारदर्शिता, योजना कार्यान्वयन लगायतका सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । सार्वजनिक गरिएको प्रतिवेदनले स्थानीय तह बीचको स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनु भयो ।





गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस