चुनावका लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृत
lsdfyfÍf, @* j}zfv . ;Î'jf;ef ;b/d'sfd vfFbaf/Lsf] 6'Fl8v]ndf dtbfg :yn lgdf{0f ub}{ DofbL k|x/L . 6'Fl8v]n dtbfg s]G -s_ / -v_ df dtbfg clws[tb]lv ;'/IffsdL{ dlxnf dfq /flvPsf] 5 . t:jL/ M eljg sfsL{, /f;;
काठमाण्डाै l गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा चुनाव लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो ।
निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गर्नुभएको हो । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागि प्रहरी भर्ना गरिनेछ ।
निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोतसमेत सुनिश्चित भएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरीलाई पनि पहिलो पटक १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ ।
निर्वाचन प्रहरी भर्ना प्रक्रिया शुरू गर्ने गरि प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्नेछ । उज्यालाे अनलाईनबाट



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस