मिर्गौला जोगाउने पाँच उत्तम उपाय

गेरुवा अपडेट
१४ भदौ २०८२, शनिबार

काठमाण्डाै‌ं । पछिल्लो समय नेपालमा मिर्गौला पीडितको सङ्ख्या वृद्धि भइरहेको छ । तर मिर्गौला खराब हुनबाट जोगाउन जीवनशैली परिवर्तन गरे पुग्छ ।

यहाँ पाँच वटा उपाय सुझाइएको छ:

धेरै पानी पिउनु – रगत सफा रहन्छ, पत्थरी हुने जोखिम घट्छ।

नुन कम गर्नु – उच्च रक्तचाप घट्छ, मिर्गौलामा दबाब कम हुन्छ।

मधुमेह र प्रेसर नियन्त्रण – यी दुई रोग मिर्गौलाका मुख्य शत्रु हुन्। दुवैलाई नियन्त्रणमा राख्न अति जरुरी हुन्छ ।

औषधि जथाभावी नखानु – विशेषगरी पेनकिलर धेरै खाँदा मिर्गौला बिग्रन्छ।

नियमित स्वास्थ्य परीक्षण – रक्त परीक्षण र युरिन चेकअपले सुरुमै समस्या पत्ता लाग्छ।