विश्वविद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेका छैनन् : महालेखा परीक्षक राया
काठमाण्डाै । महालेखा परीक्षक तोयम रायाले विश्वविद्यालयहरूले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेका बताउनुभएको छ ।सार्वजनिक लेखा समितिको आजकाे बैठकमा महालेखा परीक्षक रायाले आउँदा दिनमा विश्वविद्यालयसहित सबै इकाइहरूको अडिटलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै २/४ वटा बाहेक अहिले प्रायको लेखा परीक्षण गरिएको बताउनुभयो ।
सङ्घीय निकायहरूको बेरुजु बढ्ने क्रम जारी छ । यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ । रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शुन्यमा झर्ने गरी काम कारबही अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरू लेखा समितिमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरू वर्षको प्रतिवेदनमा पनि के के थियो भन्ने छुटिरहेको छ । उज्यालाेबाट



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस