बढैयातालमा आखाँ उपचार केन्द्र सन्चालन

गेरुवा अपडेट
८ साउन २०८२, बुधबार

ज्ञानेन्द्र पोख्रेल, मैनापोखर । बढैयाताल गाउँपालिका भित्रका स्थानीयलाई आखाँ उपचारको लागी टाढा जानुपर्ने अवस्थाको अन्त्य होस् र घरदैलोमै सहज रूपमा आखाँ उपचार को सेवा सुबिधा उपलब्ध गराउने उद्देश्यले बढैयातालको मैनापोखरमा बुधबारदेखि आखाँ उपचार केन्द्र विधिवत रूपमा सन्चालन गरिएको छ ।

नेत्रज्योति संघ बर्दियाले बढैयाताल गाउँपालिका सँगको सहकार्यमा आखाँ उपचार केन्द्र बुधबारदेखि संन्चालनमा ल्याएको नेत्र ज्योति संघ बर्दियाका अध्यक्ष कमान सिंह ओलीले जानकारी दिनुभएको छ । बढैयाताल गाउपालिकाले वडा नं. ६ को उच्चा मैनापोखरमा करिव ३ कठ्ठा जग्गा उपलब्ध गराइदिए पछि उक्त स्थानमा रहेको सामुदायिक भवन बाट तत्कालको लागि आखाँ उपचार सेवा उपलब्ध हुने भएको छ ।

उक्त स्थानमा सेवा सन्चालनको आज विधिवत उद्‌घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य भुवनेश्वर चौधरीले भवन निर्माणको लागी आव २०८२/ २०८३ मा ४० लाख रुपैयाँ बजेट विनियोजन भै सकेको हुदाँ छिट्टै भवन निर्माणको लागि प्रकृया अगाडी बढ्ने कुरा जानकारी गराउनु भएकाे छ ।

तत्काल यस स्थानबाट प्रारम्भिक आखाँ उपचार र परामर्श सेवा प्रदान हुने र अगामी दिनमा भवन निर्माण सम्पन्न भै सकेको अवस्थामा मोतियाविन्दुको अप्रेसन लगायतका अन्य थप उपचार सेवा समेत उपलब्ध हुने जानकारी गराईएको थियो भने हाललाई आखाँ उपचार केन्द्र सन्चालनको लागी केही जनशक्ति र बजेट बढैयाताल गाऊपालिका ले समेत उपलब्ध गराउने प्रतिवद्धता बढैयाताल गाउपालिका का अध्यक्ष हिमालय त्रिपाठीले दिनुभएकाे छ ।

यस आखाँ उपचार केन्द्र नियमित संन्चालन भएमा यस क्षेत्रका करिव ५० हजार जनसंख्याले लाभ लिन सक्ने अनुमान गरिएको छ भने यस आखाँ उपचार केन्द्र उदघाटन कार्यक्रम बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू नेत्र ज्योति संघ बर्दियाका अध्यक्ष कमान सिंह ओली, सदस्य गोविन्द प्रसाद ज्ञावली वडा नं ६ का अध्यक शुक्र राज सापकोटा, क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठी, वडा सदस्यहरु, वडघरहरु, सामुदायिक वनका अध्यक्षहरु , संन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो भने बुधबार निशुल्क आखाँ शिविर समेत संन्चालन गरिएको थियो ।