बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा ध्यान दिन माओवादीको आग्रह
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले हालै आएको बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताए।
साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय गरेको बताए। संघीय निजामति ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतिर पहलकदमी लिनेबारेमा छलफल भएको उनले बताए।
कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानबिन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरु सदस्य हुने कुरा परम्पराअनुसार नै रहेको बताए। त्यसलाई आफूहरुले स्वभाविक रुपमा लिएको उनको भनाइ थियो।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस