सुदूरपश्चिममा मन्त्री बर्खास्त भएपछि केन्द्र सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति

गेरुवा अपडेट
२० असार २०८२, शुक्रवार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टी प्रतिपक्षीमा बस्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नाउपाले केन्द्र सरकार पनि छाड्ने तयारी गरेको हो ।

संरक्षक चौधरीले भने, ‘यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन, हामी संघदेखि प्रदेशसम्म सरकारसँग गठबन्धन गरेका छौं । मुख्यमन्त्रीले दादागिरी शैलीमा हाम्रा मन्त्रीलाई बर्खास्त गर्नु सैह्य हुँदैन, हामी अब प्रतिपक्षीमा जान्छौं ।’केन्द्र सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा गर्न लगाउने उनले बताए । वर्णनमिडियाबाट