गर्मीमा झाडापखाला हुन नदिन के गर्ने ?
काठमाडौँ । गर्मी तथा वर्षायाममा झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगले दुःख दिने गर्छ । यो समयमा अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी पनि बढ्ने गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्मी सुरु भएदेखि झाडापखालाका बिरामी बढ्दै गएका छन् । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी सुरु भएदेखि अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएको जानकारी दिनु भएकाे छ ।
उहाँका अनुसार अस्पतालको बहिरङ्ग (ओपिडी)मा दैनिक १० देखि १५ जना झाडापखालाका बिरामी उपचारका लागि आउने गर्छन् । यो मौसममा दूषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने डा.शर्मा बताउनुभएकाे छ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस