एसईईको नतिजा असारको तेस्रो साता

गेरुवा अपडेट
५ असार २०८२, बिहिवार

भक्तपुर । वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ ।

 परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ ।

गोरखापत्र अनलाइनसँग कुरा गर्दै परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भन्नुभयो, ‘‘एसईईको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म काम भइरहेको छ, असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ, यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले छैन ।’’

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए । गाेरखापत्रबाट