भौतिक निर्माण भन्दा शिक्षाको गुणस्तर तर्फ ध्यान दिनु पर्ने - मन्त्री तिमिल्सिना
सुखाड । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयकोे भौतिक निर्माण भन्दा शिक्षाको गुणस्तर निर्माण तर्फ ध्यान दिनु पर्ने बताउनुभएको छ ।
नवज्योति प्रावि गेरुवा ५ सुखाडमा निर्माण गरिएको सरस्वती माताको मन्दिर उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले हामी सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने र अब देशमा एसइइको नतिजा सुधारका निम्ति भौतिक निर्माण भन्दा शिक्षाको गुणस्तर निर्माण तर्फ ध्यान दिनु पर्ने बताउनुभएको हो ।

उहाँले देशमै रोजगारी सृजना गर्न प्राविधिक शिक्षालाई जोड दिने समेत बताउनु भयो । कार्यक्रममा सहभागि विशिष्ट अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरी लगायतले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकारले मात्र संभव भएकोले सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रस्तुत विद्यालयका प्रधानाध्यापक नर प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुतिका साथै मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।




गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस