सरस्वती आवि बनकट्टीको तीन कोठे भवनको शिलन्यास

गेरुवा अपडेट
२० मंसिर २०८१, बुधबार

बनकट्टी । सरस्वती आधारभूत विद्यालय गेरुवा ३ बनकट्टीको ३ कोठे भवनको एक कार्यक्रममा बीच बुधबार शिलन्यास गरिएको छ । गेरुवा गाउँपालिका र बिल्ड अन नेपालको साझेदारीमा निर्माण हुने ३ कोठे भवन र शौचालयको गेरुवा गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि जमान सिंह केसीले शिलन्यास गर्नुभयो ।

शिलल्यास कार्यक्रममा बोल्दै अध्यक्ष केसीले १०६ दिनमा भवन सम्पन्न हुने गरी काम हुने भएकोले भवन निर्माणसँगै पठनपाठनमा सहज हुने बताउनुभयो । उहाँले यस विद्यालयलाई आवश्यक जग्गाको लागि समेत पहल भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले सिलन्यास गरिएको भवनले भौतिक विकाससँगसँगै शैक्षिक क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी र विल्ड अन नेपालका प्रतिनिधीले भवन निर्माणले गेरुवा गाउँपालिकाको शैैक्षिक स्तरलाइ उन्नती गर्न थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भवन निर्माण कार्य गर्नु अघि स्थानीयतह विद्यालयसँग समन्वय भएकोले भवन निर्माणलाई अभियानकै रुपमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ३ का वडा सदस्य जमान सिंह कडायत, रामअवतार थारु, समाजसेवी तेजराज बजगाई, लगायत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, बडघर, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कुमार थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक हिमालय खनालले गर्नुभएको थियो । जिर्ण भवनमा पठनपाठन गर्दै आइरहेको विद्यालयले नयाँ भवन निर्माण हुने भएपछि पठनपाठनमा टेवा पुग्ने विश्वास गरेको छ ।