एक प्रियमा प्रअ प्रकाश शाहीकाे सरुवा

गेरुवा अपडेट
३१ साउन २०८१, बुधबार

पुष्कर काफ्ले, पाताभार । एक प्रिय राठौंर माध्यमिक विद्यालय गेरुवा २ बर्दियाका प्रधानाध्यापक एवं गेरुवा बहुमुखी क्याम्पसका प्रस्तावित संस्थापक क्याम्पस प्रमुख प्रकाश शाहीको सरुवा भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको र अभिभावक पनि सामुदायिक विद्यालयप्रति बितृष्णा जागिरहेका बेला करिब ८ बर्ष एक प्रियको प्रधानाध्यापक भई विद्यालयको रुपरेखा नै फेर्नुभएका प्रधानाध्यापक शाहीको बाँसगढीमा सरुवा भएको हो ।

शाहीकाे सरुवा भएपछि निमित्त प्रअकाे भूमिकामा बिष्णु ओली रहनुभएकाे छ ।

प्रअ एक्लैले विद्यालय सुधार गर्न नसकिने बुझ्नुभएका शाहीले कार्यकालभरी शिक्षकहरुसँग समन्वय गरी शिक्षकहरुको समुहलाई राम्रोसँग परिचालन गर्दा शिक्षाको गुणस्तरमा समेत टेवा पुगेको देखिन्छ ।

२०७३ सालदेखि एक प्रियमा प्रवेश गर्नुभएका शाहीले २०७४ सालदेखि केदारनाथ बर्माले सम्हालेको प्रअको भूमिकामा रहनुभएको थियो ।

प्रअको भूमिका सम्हालेपछि शाहीले विद्यालयलाई सही बाटोमा ल्याउन गरेको अथक मेहनतले अहिले एक प्रियमा करिब १४ सय हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

जसमा बाल कक्षामा मात्र करिब ८१ जना विद्यार्थी भर्ना भई अध्ययनरत छन । आफु र आफ्नो विद्यालयका शिक्षकहरु प्रति विश्वास भएका कारण आफ्नै छोरालाई समेत सामुदायिक विद्यालय एक प्रियमा भर्ना गरेपछि प्रधानाध्यापक शाहीको चौतर्फि प्रसंन्सा भएको थियो ।

शाहीले आफ्नो छोरालाई सोही विद्यालयमा भर्ना गरेपछि अन्य शिक्षक शिक्षिकाहरुले समेत आफ्ना छोराछोरीहरुलाई एक प्रियमा भर्ना गरेपछि अभिभावकहरुको विद्यालयप्रति विश्वास बढ्दै गएको थियो ।

शिक्षक शिक्षिकाहरुले समेत सामुदायिक विद्यालय एक प्रियमा आफ्नो छोराछोरी पठाउन थालेपछि यसको सन्देश टाेलटाेलमा पुगेपछि अभिभावहरुले ढुक्कका साथ आफ्ना बालबालिकाहरुलाई एक प्रियमा भर्ना गर्न कम्मर कस्न थाले ।

आफ्ना बालबालिकाहरुको सुन्दर भविष्य बनाउन संस्थागत विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने मानसिकता एक प्रियले तोडेपछि विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ ।

विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पाएपछि शाहीले गरेका काम देखेर अभिभावकहरु उहाँको प्रशंसा गर्न कञ्जुस्याई गर्न सक्दैनन् ।

आफ्नो छुट्टै पहिचान बनाउन सफल एक प्रियका प्रधानाध्यापक शाहीको सरुवा भएपछि विद्यालयमा शिक्षाको गुणस्तरलाइ थप सुदृढ गर्न तर्फ नव प्रअले ध्यान दिनुपर्ने अभिभावककाे भनाइ रहेकाे छ ।

शाहीले एक प्रियलाई नमुना मावि र क्याम्पस बिहिन रहेकाे गेरुवामा गेरुवा बहुमुखी क्याम्पस स‌ंचालनमा  लागि गर्नु भएको योगदानले गेरुवाले उहाँलाई कहिल्यै बिर्सन सक्ने छैन ।