दाङको सिद्धरत्ननाथ माविले कोरियन भाषा विषय पढाउन थाल्याे
प्रतीकात्मक तस्बिर
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै गएको बेला सिद्धरत्ननाथ माविले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको हो ।
व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषाको कक्षा लिइरहेका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिनुभयो । कक्षा १२ उत्तीर्ण भएर रोजगारीका लागि कोरिया जानेहरूका लागि मात्रै नभई अहिले पढ्नका लागि पनि कोरिया जान पाउने प्रावधान भएकाले यो विषय पहिलो पटक दाङमा भित्र्याएको प्रधानाध्यापक खनालले बताउनुभयो ।
विद्यालयका अनुसार मावि तहमा अङ्ग्रेजी विषय बाहेक अरू विदेशी भाषाको पढाइ भित्र्याउने सिद्धरत्ननाथ पहिलो विद्यालय बनेको छ । विद्यार्थीहरूमा बढ्दो विदेशको मोह अनि शैक्षिक कार्यक्रममा नयाँ विषय राख्दा उनीहरूलाई आकर्षण गर्न सकिने हुँदा पनि यो वर्षदेखि ऐच्छिक विषयका पमा सय पूर्णाङ्कको कोरियन भाषाको विषय लागू गरेको प्रधानाध्यापक खनालको भनाइ छ ।
कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा कोरियन भाषा विषय पनि पढ्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो । उज्यालाेबाट



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस