काठमाडौंको पूर्वी भेगमा अब्बल बन्दै जोरपाटीको ‘वेब कलेज’

गेरुवा अपडेट
३ साउन २०८१, बुधबार

काठमाडौंको जोरपाटीमा रहेको वेव स्कूल तथा कलेज उत्कृष्ठ शिक्षाका लागि परिचित रहेको छ ।

विगत २१ बर्षदेखि विद्यालय तहको उत्कृष्ट रिजल्ट ल्याउँन सफल वेव बिद्यालय तथा कलेजले व्यवस्थापन संकायमा कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय लगायतका क्षेत्रमा अध्यापन गराउँदै आएको छ ।

गत वर्षको कक्षा १२ को रिजल्टमा अधिकांश विद्यार्थीले ए प्लस, ए र बी प्लस रिजल्ट ल्याउन सफल भएका थिए ।


सिन्धुपाल्चोक र काठमाडौंका पूर्वी भेगका विद्यार्थीको रोजाईमा रहेको यो कलेजमा काभ्रे, दोलखा लगायतका बिद्यार्थीहरुको रोजाई बन्न सफल भएको छ ।

यो कलेजले न्यूनतम शूल्कमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेको र पढाईपछि रोजगारीका लागि विभिन्न संस्थासँग सहकार्य गरिरहेको कलेजका कोअर्डिनेटर राजेन्द्र ढकालले जानकारी दिनुभयो ।
वेव कलेज नारायणटार छेउ शिवचोक, सिन्धुपाल्चोक बस लाग्ने आमा हेलम्बु वसपार्कसँगै रहेको रहेको छ ।

सिमित सिटमा असारदेखि भर्ना खुलेको ढकालले जानकारी दिनुभयो । कलेजमा आफ्नै पौडी पोखरी, पर्याप्त खेलकुद मैदान, फुटसल, छात्रबृत्तिको व्यवस्था, कलेज बसको निःशूल्क व्यवस्था रहेको छ ।
कलेजमा गणित, सामाजिक, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, व्यवसायीक अध्ययन विषयहरुमा अध्यापन हुने गरेको छ ।