गुणस्तरीय शिक्षामा अब्बल ‘सेन्ट लरेन्स कलेज’ लाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’ प्रदान
गुणस्तरीय शिक्षामा अब्बल रहेको काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजलाई ‘प्रेस्टिजियस प्लस टु’ अवार्ड प्रदान गरिएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘सेन्ट लरेन्स कलेज’ का प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई अवार्ड प्रदान गर्दै सम्मान गरेका छन् ।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक विशेष समारोहकाबिच शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले उक्त अवार्ड हस्तान्तरण गरेका हुन ।
देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान गरिएकोमा सेन्ट लरेन्स कलेजले सो उत्कृष्ट अर्वाड हात पारेको हो ।
कलेजका प्रिन्सिपल महर्जनले सेन्ट लरेन्सको देन, विद्यार्थीहरूको नतिजा र कलेजको म्यानेजमेन्ट उत्कृष्ट रहेकाले सो अवार्ड प्राप्त गर्न सफल रहेको बताएका छन् ।
काठमाडौंको चावाहिलमा रहेको सो कलेजले विभिन्न सङ्काय र विषयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस