इन्टेकमा छायाँङ्कन गरिएको ‘बर्दिया बुरहान’ बोलको गीत बजारमा ‍(भिडियो सहित)

गेरुवा अपडेट
३१ साउन २०८२, शुक्रवार

जय बहादुर दहित, गेरुवा । बर्दिया गेरुवाको ओखरीया (इन्टेक) मा छायाँङ्कन गरिएको ‘बर्दिया बुरहान’ बोलको गीत बजारमा आएको छ ।

गेरुवाका उदयमान गायक रमेश पानसग्गा र गायिका समिक्षा चौधरीको सुमधुर आवाजमा रहेको गीत आर.के.सी. डिजिटल प्रा.लि. को आधिकारीक युटुव च्यानलबाट बजारमा आएको हो ।

दर्पण कुसुम्याको शब्द र संगीतमा रहेको गीतमा निर्देशन भने प्रदिप थारुको रहेको छ । गीतमा प्रेम भगोरिया, संन्दिप चौधरी, सञ्जु चौधरी, रामु चौधरी लगायतको साथ रहेको छ ।

विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘बुरहान वाइल्डरनेस क्याम्प्स’ समेत परेको थियो । यो गीतले बुरहान क्षेत्रका साथै बर्दियाको गेरुवामा रहेको यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीय क्षेत्र प्रचारप्रसारमा थप टेवा पुग्ने गायक रमेश पानसग्गाले बताउनुभयो ।

प्रकृतिको अनुपम उपहार ओखरीया इन्टेकमा अधिकांश समय सुटिङ गरिएको ‘बर्दिया बुरहान’ बोलको गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा राखिएको छ ।
हेर्नुहोस् भिडियो…