होली विशेष गीत रङ्ग लगा देउ पियाको म्युजिक भिडियो फागुन २३ गते सार्वजनिक हुने

गेरुवा अपडेट
२३ फागुन २०८१, बिहिवार

गेरुवा । गणेश चौधरी र अञ्जु कुश्मीको आवाजमा रहेको होली विशेष गीत रङ्ग लगा देउ पियाको म्युजिक भिडियो फागुन २३ गते सार्वजनिक हुने भएको छ । चर्चित मोडल भावना चौधरी, दिभ्या चौधरी र विर चौधरीले अभियनय गरेको थारू भाषाको रङ्ग लगा देउ पियाको बोलको गीतको म्युजिक भिडियो फागुन २३ गते सार्वजनिक भएको हो ।

होली पर्वको पूर्वसन्ध्यामा सार्वजनिक गर्न लागिएको म्युजिक भिडियो मायालुलाई रङ्ग लगाउन आह्वान गरिएको छ । माया प्रेममा रङ्गसँग जोडेर तयार गरिएको गीत जी म्युजिक युटुव च्यानलबाट बजारमा आउने भएको हो। गीतमा सुवेश कठरियाको शब्द रहेको छ । धेरै मेहनत गरेर तयार पारिएको होली विशेष गीतले दर्शकहरुको माया पाउने अपेक्षा गरिएको छ ।

यसरी तयार पारिएकाे थियाे भिडियाे…