गेरुवा महाेत्सवमा बुधबार लाेकप्रिय गायिका इब्सल सन्ज्यालकाे प्रस्तुति रहने

गेरुवा अपडेट
८ कार्तिक २०८१, बुधबार

शान्तिबजार । नेपाली सांगीतिक क्षेत्रमा सानै उमेरमा जमेकी गायिका इब्सल सन्ज्यालको प्रस्तुति आज बुधबार गेरुवा महोत्सवमा रहने भएको छ । गायनमा मात्रै नभई अभिनयमा पनि त्यत्तिकै दख्खल राख्ने उहाँ पछिल्लो समय प्रत्यक्ष दोहोरी गीत गाएर चर्चामा रहनुभएको छ।

शान्तिबजार बजार ब्यवस्थापन समितिको आयोजनामा कार्तिक ३ गतेदेखि १३ गतेसम्म चल्ने गेरुवा महोत्सवमा चर्चित गायिका इब्सल सन्ज्यालको प्रस्तुति हेर्न दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास रहेको छ ।

झल्को लाली ओठको, बाटो खुल्यो मोटर खुल्यो जुम्ला कालिकोटको गीत गाएर चर्चामा आउनुभएकी गायिका सन्ज्याल त्यसपछि गायनमा र अभिनयमा माग हुन थालेको छ । पछिल्लो समय उनका ऐँसेलु, न्याउला चडिय, सुइना, मुटुको टुक्रा, मालु पात र झुपडी लगायतका गीतमा स्वर तथा अभिनय गरेकी छिन्।

सुदूरपश्चिमका दर्जन बढी देउडा गीतमा अभिनय गरिसकेकी गायिका सन्ज्याल प्रत्यक्ष दोहोरीमा दुई सय बढी गीतमा आवाज दिनुभएको छ । पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रम र मेला महोत्सवमासमेत गायिका सन्ज्यालेको माग बढ्दो छ ।