बाँके-बर्दिया राइजिङ स्टारको आयोजनामा माल्दिभ्समा तीज विशेष कार्यक्रम हुँदै
गेरुवा। बाँके-बर्दिया राइजिङ स्टारको आयोजनामा माल्दिभ्समा तीज विशेष कार्यक्रम हुने भएकाे छ । पछिल्लो समय नेपालीको बाक्लो बसोबास हुँदै गइरहेको माल्दिभ्सको राजधानी मालेमा तीजको उपलक्ष्यमा सांगीतिक कार्यक्रमकाे तयारी गरिएकाे कार्यक्रम संयाेजक सन्ताेष मगरले गेरुवा अपडेटलाइ जानकारी दिनुभयाे ।

विभिन्न सामाजिक कार्यमा सक्रिय बाँके-बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोकगायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजकले जनाएकाे छ ।

कार्यक्रममा सहभागि हुन नेपालबाट चर्चित गायक कमल विसी ‘माल्दाई’ र विन्दु परियारको विशेष उपस्थिति रहने छ । अन्य कलाकारमा ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा, कल्पना प्रधानकाे समेत प्रस्तुति रहने बताइएकाे छ ।
६ सेप्टेम्बरमा मालेको अहमदिया इन्टरनेसनल स्कुलमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन् ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस