गेरूवा गोल्डकप खुल्ला फुटबल प्रतियोगिताको तयारी तिब्र
गेरुवा । सक्रिय युवा समाजले आयोजना गर्न लागेको बर्दिया जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो धन राशीको फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । खेलकुद विकास र विस्तारका लागि खेल तथा खेलाडी पहिचान र विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘गेरूवा गोल्डकप खुल्ला फुटबल प्रतियोगिता २०८१’ भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि सक्रिय युवा समाजले कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
आउँदो कार्तिक ५ गतेदेखि गेरुवा ४ नवज्योति बजार (खोल्टीबजार) स्थित गेरुवा खेलग्राममा आयोजना हुने गेरूवा गोल्डकप खुल्ला फुटबल प्रतियोगिता गोल नेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गर्ने आयोजकको तयारी रहेको छ । संस्था दर्ता भएदेखिनै सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै जनमानसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सक्रिय युवा समाजले गेरूवा गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सफतापूर्वक सम्पन्न गर्न आर्थिक संकलन कार्यलाई जारी राखेको छ ।
ठुलो राशीको प्रतियोगिता भएकोले त्यसको व्यवस्थापन गर्न आर्थिक पाटो महत्वपूर्ण हुने भएकोले संस्थाले विभिन्न खेलप्रेमी, उद्योगी, व्यापारी लगायतका नियकायहरुसँग समन्वय गरिरहेको सक्रिय युवा समाजका अध्यक्ष निश्चल न्यौपानेले बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गर्नुभयो ।
हेर्नुहोस् पुरस्कार राशी र फुटबलका नियमहरुः–




गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस