नेपाल शिक्षक संघ गेरुवाले आयाेजना गरेकाे भलिवल प्रतियाेगितामा एक प्रिय मावि प्रथम

गेरुवा अपडेट
१४ पुष २०८२, सोमबार

गाेला । नेपाल शिक्षक संघ गेरुवा गाउँपालिका कार्यसमितिले आयाेजना गरेकाे गेरुवा गाउँपालिका सामुदायिक विद्यालय स्तरीय भलिवल प्रतियाेगिता एक प्रिय राठाैंर मावि पाताभार प्रथम हुन सफल भएकाे छ । गेरुवा गाउँपालिका वडा नं. ४ स्थित जनता माध्यमिक विद्यालयकाे आतिथ्यतामा सम्पन्न भएकाे भलिवल प्रतियाेगितामा नेपाल राष्ट्रिय गणेश मावि प्रसेनी दाेस्राे स्थान हासिल गर्न सफल भएकाे छ भने खैरावाङ्ग भगवती आवि राजीपुर र जनता परिक्षित नरसिंह आविकाे संयुक्त टिमले तेस्राे स्थानमा चित्त बुझाएको छ ।

नेपाल शिक्षक संघ गेरुवा गाउँपालिका कार्यसमितिका अध्यक्ष तिर्थ राज धितालकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चाैधरी रहनुभएकाे थियाे । कार्यक्रममा विशेष अतिथिहरुमा आतिथ्य विद्यालय जनता मावि गाेलाका प्रधानाध्यापक प्रकाश रावल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसु चाैधरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

नेपाल शिक्षक संघ गेरुवा गाउँपालिका कार्यसमितिका सचिव पदम प्रसाद उपाध्यायले संचालन गर्नुभएकाे कार्यक्रममा स्वागत मन्तव्य शिक्षक स‌ंघका सदस्य टिकाराम सन्ज्यालले राख्नुभएकाे थियाे । बिजयी खेलाडीहरुलाई आतिथ्य स्कल जनता मावि गाेलाकाे १६ गते हुने बार्षिक उत्सव समाराेहमा पुरस्कार वितरण गरिने आयाेजकले जनाएकाे छ ।

नेपाल शिक्षक संघ गेरुवा गाउँपालिका कार्यसमितिका अध्यक्ष तिर्थ राज धितालले विद्यालयहरु बीच आपसी मेलमिलाप तथा सहकार्य गर्दै विभिन्न कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिदै बिजयी खेलाडी शिक्षकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे ।