एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टिम
काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।
प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।
समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।
कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।



गेरुवा अपडेट








प्रतिक्रिया दिनुहोस