गेरुवामा किसान संघर्ष समिति गठन, संयोजकमा हुकुम बहादुर चलाउने

गेरुवा । बर्दियाको गेरुवा गाउँपालिकाका किसानहरुले किसान संघर्ष समिति गठन गरेका छन । किसानहरु हरेक क्षेत्रबाट ठगिएको भन्दै त्यस विरुद्ध एकजुट हुन हुकुम बहादुर चलाउनेको संयोजगत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।गेरुवा गाउँपालिका वडा नं. ३ स्थित रोशन कटेजमा गठन गरिएको संघर्ष समितिको उपाध्यक्षमा राधा कुमारी चौधरी, गीता कडायत, सचिवमा मंगल प्रसाद चौधरी, सह–सचिवमा जंग बहादुर चलाउने, कोषाध्यक्षमा सुनकोशी थारु लगायत पदाधिकारी रहेका छन ।यस्तै संघर्ष समितिलाई थप बलियो बनाउन कोइराला प्रसाद चौधरीको संयोजगत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । गेरुवा गाउँपालिकाका ६ वटै वडाका किसानहरु समेटेर संघर्ष समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै संघर्ष समितिका संयोजक हुकुम बहादुर चलाउनेले किसानहरु एक ढिक्का नभएसम्म सधै ठगिरहनुपर्ने अवस्था आउने बताउनुभयो ।‘किसानहरु जोताई, कुटाईसँगै आफुले उत्पादन गरेको बालीनाली बेच्ने समयमा पनि ठगिनुपर्ने अवस्था रहेको छ ।’ संयोजक चलाउनेले भन्नुभयो, ‘फरहरुमा पल्लेदारी तपाई हामीले बालीनाली बेचे बापत त्यसैबाट काछिन्छ । पल्लेदारीहरु त फरबालाका हुन पैसा त फरबालाले दिनुपर्ने तर किसानबाट पैसा लगिन्छ । किसानहरु हरेक ठाउँबाट ठगिनु परेको छ ।’संयोजक चलाउनेले सबै किसानहरु एक जुट भई किसानहरुको हक अधिकार सुनिश्चित गर्ने, कृषिमा देखा परेका वेतिथी, विसंगती उजागर गर्दै समाधानको बाटो लिन संघर्ष समिति गठन गरिएको बताउनुभयो । संघर्ष समितिले आफ्ना एजेण्डाहरु सहित राजनैतिक दलहरुसँग अनुमोदन गर्दै संघर्षका कार्यक्रहरु अगाडी बढाउने जनाएको छ ।

Back to top button