गेरुवामा एक गोठमा आगलागी

जोधिपुर । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ जोधिपुरमा प्रकाश चलाउनेको गोठमा आगलागी भएको छ । आगलागीबाट कच्ची टायलले छाएको गोठ पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ । बुधबार दिउँसो करिब साढे २ बजे तिरको समयमा गोठमा आगलागी हुँदा गोठमा बाधेको एक वटा पाडी घाइते भएको छ ।

गोठमा बाधेका अन्य भैसी बाख्राहरु प्रहरी र स्थानीयको सहयोगमा गोठबाट बाहिर सुरक्षित ल्याइएको हो । घरमा अभिभावक नभएको समयमा बालबालिकाहरुले आगो चलाउदा परालबाट गोठमा सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने आउन बाँकी छ ।

आगलागीबाट गोठ पूर्ण रुपमा क्षति भएपनि प्रहरी र स्थानीयको सहयोगमा अन्यत्र आगलागी नहोस भनेर आगोमा पानी हालेर पूर्ण रुपमा निभाइएको छ । गेरुवा ३ बालुबाटारमा सडकमा ग्राभेल झारिएका कारण आगलागी नियन्त्रण गर्न आएको राजापुर नगरपालिकाको दमकल सो सडक खण्डमा अगाडी बढ्न नसकि फसेपछि त्यहीबाट फर्किएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले यो समयमा आगलागीका घटनाहरु बढी हुने भएकोले सचेत रहन गेरुवाबासीलाई आग्रह गर्नुभएको छ । उहाँले सलाई, लाइटर जस्ता प्रज्वलनशिल पदार्थ बालबालिकाहरुको पहुँच भन्दा टाठा राख्न अनुरोध गर्नुभयो ।

Back to top button