गुल्मीकाे मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिने

गुल्मी मदाने गाउँपालिकाले एकल पुरुष र महिलाका लागि निर्वाह भत्ताको ब्यबस्था गर्ने भएको छ। आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रबहादुर कुँवरले ४५ वर्ष उमेर कटेका पुरुष र ४० वर्ष उमेर कटेका एकल महिलाकाहरुका लागि जीवन निर्वाह भत्ताको व्‍यवस्था गरिएको बताउनुभयाे।

एकल महिला र पुरुषहरु एकल भएको महशुस नगराउन र उहाँहरुको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, पालिकाले छोरी बुहारी उच्च शिक्षा कार्यक्रमलाई पनि प्रथामिकता साथ राखेको छ। उनीहरुलाइ उच्च शिक्षा लिनबाट पछाडि नपरुन भन्ने उद्येश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले आन्तरिक आय वृद्धि गर्नका लागि करको दायरालाइ फराकिलो बनाउने गरी नीति लिएको छ। युवाहरूलाई खेलप्रतिको मोह बढाउनका लागि एक वडा एक कभर्ड हलको व्‍यवस्था गर्ने गरी पालिकाले नीति लिएको छ।

पछिल्लो समयमा युवाहरु विदेश होइन बिजनेश भन्ने नीतलाई पालिकाले प्राथमिकता दिउको जनाएको छ। युवाहरुलाई स्वदेशमै ब्यबसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गर्ने र स्वदेशमानै टिकाई राख्नका लागि पालिकाले प्राथमिकता दिएको जनाएको छ। थाहा खबरबाट

Back to top button