नेकपा एमाले गेरूवाको अध्यक्षमा यज्ञ बहादुर शाही निर्वाचित

गेरूवा । नेकपा एमाले गेरूवा गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा यज्ञ बहादुर शाही निर्वाचित हुनुभएको छ ।

शाहीले ३ मतले बल बहादुर चलाउनेलाई पराजित गर्नुभएको हो । चलाउनेले ६३ मत प्राप्त गर्दा शाहीले ६६ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै सचिवमा कमल प्रसाद आचार्य विजयी हुनुभएको छ । आचार्यले २७ मतको अग्रताले सुरत बहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

उप-सचिव महिला पदको लागि भएको निर्वाचनमा गीता कडायतलाई ७ मतले पछि पार्दै खिमा माझी विजयी हुनुभएको छ । उपाध्यक्षमा बेचुलाल थारू, उपसचिवमा त्रिभुवन शाही सर्वसहमत हुनुभएको छ ।

५१ सदस्यीय पालिका कमिटीमा अन्य पदमा सर्वसहमत भएतापनि अध्यक्ष, सचिव र उपसचिव पदमा सहमति जुट्न नसकेपछि सोमबार निर्वाचन भएको थियो ।

Back to top button