राजस्थानसँग पराजित हुँदै आईपीएलबाट बाहिरियो आरसीबी

काठमाण्डाै‌ं । रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ । पहिलो इलिमिनेटर खेलमा गएराति राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी आईपीएलको उपाधि रेसबाट बाहिरिएको हो । आरसीबी राजस्थानसँग ४ विकेटले पराजित भएको हो ।

Muktinath Bank

योसँगै आरसीबी प्लेअफमा सबैभन्दा धेरै खेल हार्ने टोली बनेको छ । टोलीले कुल १६ प्लेअफ खेल खेलेको छ जसमा १० खेलमा हार बेहोरेको छ । यसमा ३ वटा फाइनल पनि समावेश छन् ।

आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे । सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए ।

आररसीबी लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे । क्यामरन ग्रीनले २७ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबादविरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रवार खेल्नेछ ।
कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

Back to top button