नागरिकले महसुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

मकवानपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानले नागरिकले महसुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएकाे छ । मकवानपुरको हेटौँडामा बुधबार बसेको बागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिनुभएकाे हाे ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महसुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयाे । उहाँले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरूमा बढी जोड दिन पनि निर्देशन गरेकाे बताउनुभयाे ।

उहाँले उपप्रधानमन्त्री लामिछानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गरेकाे बताउनुभयाे ।

Back to top button