भेरीगंगा नगरपालिका सुर्खेतमा निःशुल्क कान शिविर

सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेत स्थित रामघाट स्वास्थ्य चौकीमा निःशुल्क कान स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा नेपालगंज बाँकेको प्राविधिक सहयोगमा संचलान भएको शिविरमा २ सय जनाले कान चेकजाँच गरेका छन ।स्थानीयले स्थानीय स्तरमै स्वास्थ्य सेवा प्राप्त गरुन भन्ने उद्देश्यले भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बसेको शिविरमा २० जनामा कान पाक्ने रोग, ५ जनामा कानमा ढुसी जम्मा भएको, ५ जनामा कानको हड्डी खाने रोग भएको, ७ जना कानको जालि सुनिएको र ३० जना कान नसुन्ने समस्या भएका विरामीहरुले उपचार सेवा लिएका छन ।बरिष्ट कान सहायक चिकित्सक तिर्थमान थारु र भिषण कुमार थारुले शिविरमा कान परिक्षण गर्नुभएको थियो । शिविरमा कानको परीक्षण गर्नुका साथै कानमा जम्मा भएको फोहर सफाई र निःशुल्क औषधी वितरण गरिएको आयोजकले जनाएको छ ।

Back to top button