अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ: महासचिव पोखरेल

यज्ञप्रसाद सापकोटा, गुलरिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलल अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताउँदै जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टी भएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो ।

२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो । उहाँले भन्नु भयो –‘ संसदमा नेपाल कांग्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम काँग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’ आँफुले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै अब एमालेले सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिने बताउनु भयो ।

आउने चुनाव पछि नेकपा एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामाथ्र्यमा पुग्नु पदर्छ । उहाँले नेकपा एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको दावी गर्नु भयो । उहाँले पछिल्लो समयमा जातिय राजनीति र नयाँदलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै उनीहरुको राजनीति सकिएको दावि गर्नुभयो ।

उहाँले भन्नु भयो –‘जातिय नाममा रेशम चौधरीले गरेको राजनीतिको अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचान वादी र जातिय राजनीति रुचाउन छोडे ।’ लुम्बीनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोखरेलले अधिवेशनमा शुभकामना मन्तव्य दिनहुँदै १० औ अधिवेशनले बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न निर्देशन दिनुभयो ।

नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटनमा लुम्बीनी प्रदेशका पुर्व मुख्यमन्त्री नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी, केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु लगाएत विभिन्न तहका नेताहरुको उपस्थीती रहेको थियो ।

अधिवेशनको बन्दशत्र आज (मंगलबारं) साँझ ८ बजेदेखि सुरु हुने छ । तिन सय ६४ जना प्रतिनीधि रहेको बन्दशत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । बन्दशत्रले पदाधिकारी सहित एक सय पाँच सदस्यिय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।

Back to top button