एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपालले यूएईसँग खेल्दै

काठमाण्डाैं l एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा लगातार चाैथाे जित हासिल गरेकाे नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ ।

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

Back to top button