गेरुवामा निःशुल्क आँखा तथा कान शिविरबाट ३ सय १२ जना लाभान्वित

बन्जरीया । गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्र गेरुवा गाउँपालिका वडा नं. ५ बन्जरीयाको आयोजनामा बिहीबार संचालन भएको निःशुल्क आँखा तथा कान शिविरबाट ३ सय बढी जना लाभान्वित भएका छन ।

नेपालगंज आँखा अस्पताल नेपालगंज, बागेश्वरी कान स्याहार केन्द्र नेपालगंजको प्राविधिक सहयोगमा संचालन भएको शिविरबाट कानको समस्या भएका ७५ जना महिना र २२ जना पुरुष, आँखा सम्बन्धि १६५ जना महिला र ५० जना पुरुष गरेर ३१२ जनाले आँखा तथा कान परिक्षण गराएका गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहन जिसीले जानकारी दिनुभयो ।बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष/बर्दिया संरक्षण कार्यक्रम, नेपाल औषधी व्यवसायी संघ राजापुर गेरुवा शाखा र लाईका हेल्थ केयर प्रालिको सहयोगमा भएको आँखा तथा कान शिविरमा आँखा सम्बन्धि बद्री श्रेष्ठ र कान सम्बन्धि पुरन चौधरीले परिक्षण गनुभएको थियो ।

शिविरको उद्घाटन गर्दै गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि धर्म प्रकाश थारुले ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर संचालन हुनुले स्थानीयलाई ठुलो मद्दत पुग्ने बताउनुभयो । उहाँले गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्दका अध्यक्ष कमल प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहन जिसीले गर्नुभएको थियो भने बिषेश अतिथिमा जिल्ला अस्पालका संचालक समितिका पूर्व अध्यक्ष अंगत श्रेष्ठ रहनुभएकाे थियाे। आफ्नै क्षेत्रमा निःशुल्क रुपमा कान तथा आँखा चेकजाँच गर्नपाएपछि सेवाग्राहीहरु उत्साहित बनेका छन ।

Back to top button