गेरुवामा भोली ६ गते आँखा तथा कान स्वास्थ्य शिविर संचालन हुदै

बन्जरीया । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ बन्जरीयामा बैशाख ६ गते आँखा तथा कान स्वास्थ्य शिविर संचालन हुने भएको छ । लामो समयदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको हो ।नेपालगंज आँखा अस्पताल र बागेश्वरी कान स्याहार केन्द्र नेपालगंजको प्राविधिक सहयोगमा शिविर संचालन हुने गेरुवा सामुदायिक स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहन जिसीले जानकारी दिनुभयो । उहाँले बर्दिया राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका साथै नेपाल औषधी व्यवसायी संघ राजापुर गेरुवा शाखाको समेत यसमा सहयोग रहेको बताउनुभो ।६ गते बिहीबार बिहान ९ बजेदेखि शिविर संचालन हुने भएकोले सम्बन्धित समस्या भएका स्थानीयले यसको फाइदा लिन आयोजकले आग्रह गरेको छ । यसको प्रचार प्रसारको लागि आयोजकले विभिन्न ठाउँहरुमा पम्पलेट टाँस गर्नुका साथै हरेक वडामा बरघरहरुलाई सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।

Back to top button