लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना

काठमाण्डाैं । आज कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ । पहाडी भू-भागमा बदली हुनेछ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भू-भागमा बदली भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली हुनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमलगायतका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बुधबार कोशी प्रदेशमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत तराई भू-भागका केही स्थानमा हावाहुरी आउने महाशाखाको पूर्वानुमान छ ।

Back to top button