आईपीएल क्रिकेटमा कोलकाताले लखनउ र चेन्नइले मुम्बइलाई हराए

काठमाण्डौ l इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको छ । लखनउले दिएको एकसय ६२ रनको लक्ष्य कोलकाताले १५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । पाँच खेलमा चार खेल जितेको कोलकत्ता अङ्क तालिकाको दोस्रो स्थानमा छ । ६ खेलमा तीन खेल जितेको लखनउ पाँचौं नम्बरमा छ ।

यस्तै गएराति सम्पन्न आईपीएलकै अर्को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई २० रनले हरायो । चेन्नईले दिएको दुई सय ७ रनको लक्ष्य पछ्याएको मुम्बइ ६ विकेट गुमाएर एक सय ८६ रनमै समेटियो ।

त्यसअघि मुम्बईको घरेलु मैदान वान्खडेमा चेन्नइले चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । ६ खेलमा चार खेल जितेको चेन्नइ तालिकाको तेस्रो स्थानमा छ । ६ खेलमा दुई खेल जितेको मुम्बइ आठौँ नम्बरमा छ ।

आइपीएलमा आज बेलुका पौने आठ बजे रोयल च्यालेन्जर्स बैंङलुरु र सनराइजर्स हैदरावाद खेल्दैछन् ।

Back to top button