टीकापुर पार्कमा एकैदिन तीन लाख रुपैयाँ सङ्कलन

कैलाली । टीकापुर बृहत् उद्यान (टीकापुर पार्क) मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिवार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिवार एकैदिन टिकट शुल्कबाट तीन लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उद्यानमा आउनेहरू धेरैजसोले पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इन्चार्ज अर्जुन कुँवरले बताउनुभयो । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उहाँले जानकारी दिनुभयो ।

पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताउनुभयो ।

पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आउनुभएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उज्यालाेबाट

Back to top button