इलाका प्रहरी कार्यालय पाताभारद्वारा अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न गस्ती

पाताभार । इलाका प्रहरी कार्यालय पाताभार, बर्दियाले लामो गस्ती अन्तरगत गेरुवा गाउँपालिका भित्र गस्ती गरेको छ ।

आफ्नो कार्यालयको वडा एरिया तथा मातहतहरुमा घट्न सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर, विश्लेषण तथा मुल्याङकन गरी सभावित जोखिमहरुलाई निस्तेज पार्न एवम् समाजमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन गस्ती गरिएको इलाका प्रहरी कार्यालय पाताभार बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । गस्तीका क्रममा खबर संकलन गर्नुका साथै समाजमा चोरी, डकैती, लुटपात, ठगी र अवैध चोरी, पैठारी, हातहतियार, बिष्फोटक पदार्थ, लागु औषध ओसारपोसार, मानव बेचबिखन, अवैध हुण्डी, जाली नोट लगायतका अपराधजन्य क्रियाकलापहरु लाई नियन्त्रण गरी शान्ति सुरक्षा एबम् अमनचयन कायम राख्न भरपर्दो सुरक्षाको ब्यबस्था मिलाउने क्रममा इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी सहायक निरीक्षक राजेन्द्र शाहीको कमाण्डमा प्रहरी कर्मचारीहरु खटिएका छन ।गस्तीका क्रममा समग्र गेरुवाका हरेका वडा बस्तीको वस्तु स्थिती बुझ्ने एवम् समुदाय प्रहरी साझेदारी अनुसार सचेतनामुलक कार्यक्रमहरु गर्ने कार्य भएको बताइएको छ ।

Back to top button