मध्यवर्ती क्षेत्रवाट बाहिरिने बिषयमा गेरुवामा सर्वपक्षिय बैठकको आह्वान

गेरुवा । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरूलाई हटाउनुपर्ने र निकुञ्जको सिमाङकनको बिषयमा गेरुवा गाउँपालिकामा सर्वपक्षिय बैठक बस्ने भएको छ । गेरुवा गाउँपालिकाको सभाहलमा सोमवार विहान ११ बजे सर्वपक्षिय बैठकको आयोजना गरिएको छ ।

जिल्ला समवय समितिका सदस्य तिर्थप्रसाद जैसीको अध्यक्षतामा बसेको बैठकमा मध्यवर्ति क्षेत्र प्रती व्यापक जनगुनासो रहेकोले मध्यवर्ती क्षेत्रबाट आफूहरूलाई हटाउनुपर्ने बिषयमा गेरुवा गाउँपालिका स्तरीय कार्यक्रममा प्रस्ताव पेश गर्ने निर्णय गरेको नेकपा एकिकृत समाजवादी बर्दियाका उपाध्यक्ष एवं गेरुवाबासी बम बहादुर रावलले बताउनुभयो ।

साथै सर्वपक्षिय वैठकवाट मध्यवर्ती क्षेत्रवाट वाहिरिने र निकुञ्जकाे सिमाङकनको विषयलाई अनुमोदन गरेर अभियान चलाईने वताईएको छ । मध्यवर्तीका बासिन्दाले आफैंले लगाएका डालाबुटा काट्न, आफ्नै जग्गाबाट माटो, गिट्टी निकाल्न समेत समस्या भएपछि मध्यवर्ती खारेजीमा चासो बढेको स्थानीयहरु बताउँछन ।

Back to top button