गेरुवामा निःशुल्क कान शिविर सम्पन्न

बगहीपुर । बर्दियाको गेरुवामा निःशुल्क प्राथमिक कान उपचार शिविर बिहिबार सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको समन्वय र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंजको आयोजनाका साथै प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।गेरुवा गाउँपालिका वडा नं. १ बगहिपुरमा संचालन गरिएको शिविरमा ६५ जना कान सम्बन्धि समस्या भएका बिरामीहरुले सेवा लिएका छन ।

२५ जना पुरुष र ४० जना महिलाहरु मध्ये ११ जनामा कान पाक्ने समस्या भेटिएको आयोजकले जनाएको छ । शिविरमा कान स्वास्थ्य प्राविधिक भिषण कुमार थारु र तिर्थमान थारुले चेकजाँच गर्नुभएको थियो ।

Back to top button