संरक्षण अभियानमा युवाहरुको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री शर्मा

डिलप्रकाश गाैतम, सतखलुवा l कर्णाली प्रदेशका मुख्यमन्त्री  राजकुमार शर्माले संरक्षण अभियानमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले उक्त कुरा बताउनु भएको हो ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ सतखलुवामा भएको कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रकृतिका लागि हामी र हाम्रा लागि प्रकृति अत्यन्त आवश्य भएको बताउँदै प्रकृति, बन्यजन्तु र जैविक विविधताको संरक्षण अहिलेको अवश्यकता भएको बताउनुभयो । साथै प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षणमा तिनै तहका सरकारले उचित ध्यान दिनुपर्ने धरणा राख्नु भयो ।
समुदाय र पृथ्वीको अन्तरसंयोग, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित यसबर्ष चोरी शिकार नियन्त्रण युवा परिचालन दिवस मनाइएको हो ।  बर्दिया जिल्लाको सतखलुवा क्षेत्रमा आयोजित कार्यक्रममा पालिका प्रमुख, संरक्षण क्षेत्रमा काम गर्ने संघसंस्था, बरिष्ठ संरक्षण अधिकृत, चोरी शिकार नियन्त्रणको क्षेत्रमा काम गर्ने युवा युवतीहरु लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले कार्यक्रमको समापन गर्दै संरक्षणलाई दिगो ब्यस्थापन गर्न स्थानीय युवाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

Back to top button