भाेलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै l पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि र पर्सि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाखाशाले आज दिउँसो प्रि–मनसुन विशेष बुलेटिन निकालेर आज राति नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गर्ने प्रणालीले भोलि पश्चिमी र पर्सि आइतवार पूर्वी भेगका धेरै ठाउँमा सामान्य वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो । सोमवारदेखि मौसम सुधार हुँदै जानेछ ।

Back to top button