गेरुवामा कृषि मेला प्रदर्शनी हुने

नवज्याेतिबजार । बर्दियाको गेरुवामा ३ दिन कृषि मेला प्रदर्शनी हुने भएको छ । गेरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पशुपतिनगर, बर्दियाको आयोजनामा यहि फागुन १६, १७ र १८ गते ३ दिन गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी हुने गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले उत्कृष्ट कृषक प्रोत्साहन र वृहत् कृषि मेला प्रदर्शनीबाट समेत पुरष्कृत हुने कृषकहरुबाट अन्य कृषकहरु र कृषि पेशा अपनाउन चाहने कृषकहरुमा समेत थप उत्प्रेरणा मिल्ने र निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा परिणत हुने विश्वास रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चन्दले समस्त कृषक, कृषि सहकारी, कृषक समूह तथा सरोकारवाला सबै महानुभावहरुले आफ्नो उत्पादित कृषि उपज सामाग्री प्रदर्शन गराई आकर्षक पुरुस्कार जित्न अनुरोध गर्नुभयो ।प्रदर्शनीमा खाद्यान्न बाली बोट भएमा कम्तीमा ३ वटा र दाना भएमा १ किलो, तरकारी वाली वोट भएमा कम्तीमा ३ वटा र जरा फल र पात सहित, नगदे वाली बोट भएमा कम्तीमा ३ वटा र दाना भएमा १ किलो, फलफूल वाली फल तथा हाँगा सहित फल मात्र भएमा कम्तीमा ३ वटा केरा भए घारी सहित, आलुवाली दाना सहित बोट ३ वटा दाना भए कम्तीमा १ किलो हुनुपर्ने बताइएको छ ।

यस्तै विविध मसाला वाली च्याउ मौरी घार सहित, साँस्कृतिक कार्यक्रम स्थानिय भेषभुषा र कृषिमा सन्देश मुलक, स्टल सजावट स्थानिय स्रोत साधन वाट हुनुपर्ने, माछा कम्तीमा ३ वटा हाँस कम्तीमा २ वटा हुनुपर्ने गेरुवा गाउँपालिकाका कृषि अधिकृत भास्कर सिंह ठकुरीले बताउनुभयो । उहाँले प्रदर्शनमा भाग लिने कृषकहरुको कृषि उत्पादनको मूल्यांकनको आधारमा पुरष्कृत गरिने जानकारी दिनुभयो ।

कार्यक्रम दिउँसो १ बजे उद्घान हुने कार्यतालिका रहेको छ । कार्यक्रम गेरुवा गाउँपालिका वडा नं ४ नवज्योतीबजार स्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

Back to top button