गेरुवामा परालको कुन्युमा आगलागी हुँदा ३० हजार रुपैँया बराबरको क्षति

राजिपुर । गेरुवामा एक किसानको परालको कुन्युमा आगलागी भएको छ । गयराति करिब १० बजेतिर गेरुवा गाउँपालिका वडा नं. २ राजिपुर बस्ने कलचुयिया थारुको परालको कुन्युमा आगलागी भएको हो ।

घरदेखि करिब ५० मिटर दुरीमा रहेको परालको कुन्युमा आगलागी भएको र आगलागी के कारणले भएको भन्ने खुल्न नसकेको गेरुवा २ का वडा सदस्य कालीचरण चौधरीले जानकारी दिनुभयो ।

४ बिगाहा क्षेत्रफल जग्गाको पराल जल्दा करिब ३० हजार रुपैँया बराबारको क्षति पुगेको प्रहरीले अनुमान गरेको छ । परालको कुन्युमा आगलागी भएपछि थारुको परिवारलाई बस्तुभाउलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ ।

Back to top button