किताव बेच्न गेरुवामा आईपुग्याे महाविर पुनकाे टाेली

गेरुवा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन यतिबेला किताब बेच्ने क्रममा बर्दियामा हुनुहुन्छ। शुक्रबार गेरुवा गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र शान्तिबजारमा शान्तिबजार ब्यापार व्यवस्थापन समितिले बैज्ञानिक पुनलाई स्वागत गर्दै उहाँको अभियानलाई साथ दिएको हो । शान्तिबजार ब्यापार व्यवस्थापन समितिका अध्यक्ष जमान सिंह कडायतले बैज्ञानिक पुनको अभियानलाई सहयोग पुर्‍याउने उदेश्यले अभियानमा हातेमालो गरिएको गेरुवा अपडेटलाई बताउनुभयो ।बिरगन्ज स्थित कृषि कारखाना संचालन गर्ने रकम जुटाउन महाबिर पुन आफ्नो जिवनीमा आधारित किताब बेच्न पूर्व पश्चिम यात्रामा रहनुभएको छ। आज ४६ औं दिनमा बर्दिया स्थित गेरुवा आइपुग्नुभएको महाविर पुन भोलि ठाकुरबाबा, मधुवन लगायतका स्थानमा पुगेर किताब बेच्ने कार्यक्रम रहेको बताइएको छ । पुनकाे अभियानलाइ साथ दिन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चाैधरी समेत लागिपर्नुभएकाे छ ।आफू अहिले कुन ठाउँमा छु र अब कुन ठाउँमा जाउँदैछु भन्ने बारे उहाँले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्नुहुन्छ । छिनका छिनमै उहाँका पोस्टहरु रिट्वीट र सेयर हुन्छन्। बजारमा प्रवेश गर्ने वित्तिकैदेखि किन्नेहरूको लाम लाग्ने गर्छ। ‘राम्रोसँग बिक्री भइरहेको छ,’ उहाँ भन्नुहुन्छ ‘यही गतिमा बिक्री भइरह्यो भने आविष्कार केन्द्रको लक्ष्य पूरा हुन्छ।’उहाँले सो पुस्तक बेचेको रकमले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी पुनसञ्चालन गर्ने सपना देख्नुभएकाे छ ‘अरुले त अर्बौ लाग्छ भन्न सक्छन्, तर राष्ट्रिय आविष्कार केन्द्रले त्यो कारखाना १५-२० करोडमा पुनसञ्चालन गर्न सक्छ,’ पुन भन्नुहुन्छ, ‘त्यसका लागि कम्तिमा पनि दुईलाख थान किताब बेच्नुपर्छ। पुस्तकको मूल्य प्रतिथान ७५० रुपैयाँ छ। दुईलाख थान बिक्री भयो भने १५ करोडजति कमाइ हुने रहेछ। हाम्रो हिसाबमा यति भए काम सुरु गर्न सकिन्छ।’ राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उहाँको पुस्तक बिक्री गर्न थोक बिक्रेताले कमिशन मागेपछि उहाँ स्वयं पुस्तक बिक्री गर्न देश दौडाहामा निस्कनुभएकाे अन्नपुर्ण पाेष्टले समाचार लेखेकाे छ । 

Back to top button