प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीद्वारा दर्ज्यानी चिन्ह सुशोभन

गेरुवा । इलाका प्रहरी कार्यालय पाताभार (गेरुवा), बर्दियाका कार्यालय प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले ४ जना प्रहरी हवल्दारलाई एक कार्यक्रमका बिच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । जनपद समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा पदोन्नति भएका ४ जना प्रहरी हवल्दारलाई शुक्रबार कार्यालमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी हवल्दार बिनोद कुमार यादव, शेर बहादुर बुढाक्षेत्री, त्रिभुवन लाल यादव र देवेन्द्र बहादुर साँउदहरु रहनुभएको छ । तालुक कार्यालयको मिति २०८०।११।०१ गतेको बढुवा समितिको निर्णयअनुसार उहाँहरू प्रहरी हवल्दार पदमा पदोन्नति हुनुभएको हो ।उक्त अवसरमा प्रहरी निरीक्षक केसीले पदोन्नति भएका प्रहरी हवल्दारहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त जिम्मेवारीलाई थप सजग र ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । पदोन्नतिले जिम्मेवारीका साथै सामाजिक प्रतिष्ठा बढ्ने भएकोले यसलाई कायम राख्न उहाँले आग्रह गर्नुभयो । उहाँले संगठनको विकास र थप उन्नतिका लागि नविन कार्ययोजनाका साथ योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो।लामो समयदेखि नेपाल प्रहरीको तल्लो दर्ताको बढुवा रोकिएपछि हाल ठुलो संख्यामा बढुवा भएको छ । देशभर नेपाल प्रहरीमा कार्यरत एक हजार ४५ जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो । बढुवासँगै उनीहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Back to top button